“रातभरि हुरी चल्यो” कथाको मूल भाव 

“रातभरि हुरी चल्यो” कथाको मूल भाव 
Spread the love

“रातभरि हुरी चल्यो” कथाको मूल भाव 

आयामेली कथाकार इन्द्रबहादुर राई(सन् १९३०) द्वारा लिखित रातभरि हुरी चल्यो कथामा दार्जिलिङको सामाजिक जीवन को यथार्थ चित्रण गरिएको छ। दार्जिलिङमा नेपालीहरु काम खोजि गर्न गएका छन् । उनीहरूको आर्थिक स्थिति दयनीय देखिन्छ । प्रवासी नेपालीहरु त्यहाँ दुःख गरेर जीवन चलाउँछन्। प्रवासी नेपालीको कहालीलाग्दो जीवन कहानीलाई मुख्य बिषयबस्तु बनाएको यस कथाले दार्जिलिङको निम्नवर्गीय परिवारको यथार्थ चित्रण गरेको पाइन्छ । 

कथाकार राईले यस कथामा आर्थिक अवस्था निम्न भएका मानिसहरूको कारुणिक अवस्थालाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । यस कथामा कालेको बुबाको घर टिनको छानाको छ तर व्यवस्थित छैन । त्यस कारण रातभरिको हुरीले घर  उडाउन खोज्छ । त्यसैले उनीहरु घर उडाउँछ भन्ने पिरले सुत्न सक्दैनन् । विहान काले की आमा दुध बेच्नका लागि बजार जान्छे । बजारमा जाँदा उसले सबै घर, वारी, गाईवस्तु बेचेर शहरमा बस्ने निधो गर्छे तर शहरमा पनि उस्तै अवस्था देखेपछि जहाँ गएपनि मानिसलाई शान्ति मिल्दैन । दैविक प्रकोप भनेको जहाँपनि हुने गर्दछ । यही प्रकोपसँग भाग्न को साटो संघर्ष गर्नुपर्छ । मानवीय जीवन संघर्ष हो । विनाश भएको संरचनालाई पुनः निर्माण गरेर बस्नुपर्छ भन्ने अठोट गरेकी छे । उसले यो अठोट गर्नुको मुख्य कारण सहरमा बस्ने बी.बी. गुरुङ्ग कि श्रीमतीको मृत्यु दैवी प्रकोपका कारण भएको हो र यस किसिमका घटनाहरु जहाँपनि हुने भएकोले अप्ठ्यारोबाट भाग्न खोज्नु उचित नहुने कुरा उल्लेख भएको पाइन्छ ।

यो कथाले दार्जिलिङमा बसोबास गर्ने निम्नवर्गीय गाउँले परिवेश अर्थात् ग्रामीण नेपाली समाज र यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुले भोगेका समस्याहरुलाई यथार्थ रूपमा चित्रण गरिएको छ ।

(Summary by Manish Pokharel – M.Ed in Nepali) Submitted by Adarsha Ghatani


Spread the love