“हर्क बहादुर” कविता को मूल भाव

 “हर्क बहादुर” कविता को मूल भाव
Spread the love

 “हर्क बहादुर” कविता को मूल भाव 

 समसामयिक यथार्थलाई कविताको मूल विषयवस्तु बनाउने कवि दिनेश अधिकारी (विसं २०१६) आधुनिक कविता क्षेत्रका प्रतिनिधि कवि तथा गीतकार हुन् । उनको ‘धर्तीको गीत’ कविता संग्रहमा संग्रहित यस ‘हर्कबहादुर’ कवितामा मानवता, राष्ट्रियता, स्वतन्त्रता जस्ता विषयको उत्थान गरिएको छ । 

यस कवितामा दरिद्रता, आर्थिक विषमता, दयनीय अवस्था, अभावग्रस्त जीवनशैली जस्ता कुराहरुलाई  प्रस्तुत गरिएको छ । गास, बास र कपासको समस्याले आक्रान्त बनेको आम नेपालीको प्रतिनिधि पात्र हर्क बहादुरलाई दुःख, वेदना र पीडाको पुञ्ज का रुपमा कवितामा प्रस्तुत गरिएको छ । शोषित पीडित र न्यूनतम आवश्यकता पनि पुरा नभएका नेपाली जनताको मर्म स्पर्सी जीवनपद्धति यस कविताको मूल विषयवस्तु हो । कठोर परिश्रम गर्ने श्रमजीवी नेपालीले दिनरात रगत सरह पसिना बगाउँदा पनि जीवन कष्टकर भएको आम नेपालीका विशेषता कवितामा व्यक्त भएको पाइन्छ । हर्कबहादुर धेरै उपनामले चिनिएको छ। हर्कबहादुर जस्ताको जीवन भोक र शोकमा डुबेको छ तर भाषण दिने नेता र त्याग दिने सरकारको ध्यान यसतर्फ नगरेकोमा दुखी हुँदै कविले व्यङ्ग्य प्रस्तुत गरेका छन्  । 

कर्मठ, क्रियाशील, इमान्दार, स्वाभिमानी, मेहेनती आम नेपाली नै देशको चिनारी भएकाले दरिद्रता, असमानता, अभाव र भेदभावको अन्त्य हुनुपर्ने  विचारलाई मुल रुपमा प्रस्तुत गर्दै कवितामा मानवीय मूल्यको खोजी गरी कोरा आदर्श को अन्त्य हुनुपर्ने कुरा नै यस कविताको पक्ष वा भाव हो ।  

(Summary by Manish Pokharel – M.Ed in Nepali) Submitted by Adarsha Ghatani


Spread the love