“एक चिहान” को मुल भाव

“एक-चिहान”-को-मुल-भाव
Spread the love

एक चिहानको मुल भाव

हृदयचन्द्रसिंह प्रधान (विसं १९७२२०१६) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन्   प्रधानको एक चिहान उपन्यास एक प्रगतिशील उपन्यास हो यस उपन्यासमा समाजको यथार्थ चित्रण पाइन्छ भने परम्परागत समाजप्रति आलोचनात्मक दृष्टिकोण रहेको पाइन्छ

उपन्यासमा काठमाडौंको सामाजिक, आर्थिक शैक्षिक वस्तु स्थितीलाई नै कार्यपिठीका रुपमा प्रस्तुत गरिएको काठमाडौंका नेवारहरु तलसिङको जग्गा कमाएर जिविका चलाऊछन भने विरामी पर्दा धामी, झाक्री आदीमा विश्वास गर्छन् तर यहाँ डाक्टरको उपचारको आवश्यकतालाई पनि बिस्तारै समयानुसार विकसित हुँदै आएको पाईन्छ चाडपर्वमा फजुल खर्च गर्नु हुन्न भन्ने धारणालाई पनि स्पष्ट पारीएको अन्तर्जातीय विवहाँलाई मान्यता दिनुका साथै भोज भतेरका कार्यक्रमहरुमा कटौती गर्दै प्रगतिशील सोचलाई विकासको गतिमा अगाडि बढाउदै आएको पाईन्छ

यो उपन्यास सामाजिक यथार्थवादी उपन्यास हो यसमा मान्छेको अन्त्य अन्त्येष्टी गरिने ठाउँलाई नै चिहान भनेर बुझिने शब्द प्रयोग गरी निम्नवर्गीय जीवन यापन गर्ने श्रमजीवीहरुको मार्मिक देहान्तलाई प्रधानले यस उपन्यासको बिषयवस्तु बनाएका छन भने दु:, पीडा विसङ्गतीलाई अझ प्रष्ट रुपमा झल्काएका छन यस उपन्यासमा हिमाल, पहाड, तराइ कोही छैन पराइ भन्ने भावलाई अष्टनारानका परिवारबाट व्यक्त गरिएको सामाजिक विभेदबाट मुक्त भएर समानताका साथ सांस्कृतिक एकतामा अगाडि बढ्नु पर्ने यस् सन्देश रहेको यस उपन्यासमा अष्टनारानका परिवार एकै चिहान हुने गरी समाप्त हुन पुगेको करुणादायी घटना नै यस उपन्यासको मूल बिषय हो  

हाम्रो समाजमा असल खराब दुवै खाले मनिसहरु रहेका हुन्छन भन्ने कुरालाई डा. गोदत्त प्रशाद सुरमानले शिवनारानको परिवार माथि शोषण गरेको वास्तविकता यस उपन्यासको मुख्य पक्ष हो शिवनारान एक सुधारवादी सोच क्रान्तिकारी भावना भएको पात्र हो उसले भाई बहिनीको अन्तर्जातीय विवहाँको चाहना गरेर समावेशी समाजको निर्माण गरी अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउनुपर्ने आवश्यकता रहेको कुरालाई दृष्टिगत गराउने यस उपन्यासको प्रगतीशील सोच भएको मुख्य पात्रका रुपमा शिवनारानलाई चिनिन्छ

(Summary by Manish Pokharel – M.Ed in Nepali) Submitted by Adarsha Ghatani


Spread the love