पाठ ४ : योगमाया (राष्ट्रिय जीवनी) - (सम्पूर्ण अभ्यास)

neb-class-11-nepali-notes-all-exercise

योगमाया अभ्यास : प्रश्न उत्तर र व्याकरण (Yogmaya Complete Exercise)

पाठ ४ : योगमाया (राष्ट्रिय जीवनी) – सुधा त्रिपाठी | सम्पूर्ण प्रश्न उत्तर र व्याकरण अभ्यास | कक्षा ११ नेपाली मार्गदर्शन | NEB Class 11 Nepali Notes

This post is helpful for NEB/ HSEB class 11 students who are searching for class 11 Nepali notes pdf download and study. This post deals with chapter 4 of class 11 Nepali book. This post answers most of the questions of chapter -4 "Yogmaya" class 11 Nepali. "पाठ ४ : योगमाया (राष्ट्रिय जीवनी) - (सम्पूर्ण अभ्यास)"

Class 11 new syllabus
Subject: Compulsory Nepali
Chapter: 4
Topic: Yogmaya - योगमाया (राष्ट्रिय जीवनी)

 

योगमाया - एक समाज सुधारक

लेखक: सुधा त्रिपाठी
स्तर: कक्षा ११ नेपाली

परिचय

योगमाया नेपालको एक महान समाज सुधारक थिइन्। उनले धार्मिक, सामाजिक, र सांस्कृतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएकी थिइन्। उनका जीवन र विचारधाराले धेरै मानिसहरूलाई प्रेरित गरेको छ। यो लेखमा हामी योगमायाको जीवनका विभिन्न पक्षहरूको बारेमा जान्नेछौं।

शब्दभण्डार

१. जलसमाधि: पानीमा डुबेर गरिने प्राणत्याग
२. बडाहाकीम: राणा शासनका समयमा जिल्लाको सर्वोच्च प्रशासक
३. आर्य समाज: सनातन धर्ममा उदारता ल्याउन चलाइएको धार्मिक सम्प्रदाय
४. वैधव्य: विधवा हुनाको भाव
५. हठयोग: पतञ्जलिद्वारा प्रतिपादित योगको एक विधि
६. प्रताडना: पीडा
७. विचारी: मुद्दा मामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति
८. पञ्चाग्नि: वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या

मुख्य बुँदाहरू

१. पुर्खाको विगत, हाम्रो वर्तमानको व्यवहार नै भोलिका सन्तानको साँस्कृतिक धरोहर बन्नु। २. आमाबुबा, गुरु, पाहुना, वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हुनु। ३. छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुने। ४. परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्ने।

एक तृतीयांशमा सारांश

पुर्खाको विगत र हाम्रो वर्तमान व्यवहार भोलिका सन्तानको साँस्कृतिक धरोहर बन्न जान्छ। आमाबुबा, गुरु, पाहुना र वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो। छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुन्छ। परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्छ।

व्याकरण अभ्यास

१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस्

क) जलसमाधि - पानीमा डुबेर गरिने प्राणत्याग
ख) बडाहाकीम - राणा शासनका समयमा जिल्लाको सर्वोच्च प्रशासक
ग) आर्य समाज - सनातन धर्ममा उदारता ल्याउन चलाइएको धार्मिक सम्प्रदाय
घ) वैधव्य - विधवा हुनाको भाव
ङ) हठयोग - पतञ्जलिद्वारा प्रतिपादित योगको एक विधि
च) प्रताडना - पीडा
छ) विचारी - मुद्दा मामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति
ज) पञ्चाग्नि - वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या

२. पाठमा गाढा गरिएका पदावलीको सट्टामा मिल्ने शब्द छानेर लेख्नुहोस्

क) सन्यासी
ख) परम्परागत
ग) शास्त्रार्थ
घ) अग्निसमाधि

३. दिइएका शब्द प्रयोग गरी वाक्य बनाउनुहोस्


स्वसिकाइ: योगमायाले स्वसिकाइबाट नै आफ्नो आत्म-ज्ञानको विकास गरिन्।

विद्रोह: योगमायाले असमानता र अन्यायको विरुद्धमा विद्रोह गरिन्।

सञ्जाल: योगमायाका विचारहरू अहिले सामाजिक सञ्जालमा निकै चर्चा बन्दै गएका छन्।

धाराप्रवाह: योगमाया धाराप्रवाह रूपमा आफ्ना विचार प्रस्तुत गर्न सक्थिन्।

योगसाधना: योगमाया नियमित रूपमा योगसाधना गर्थिन्।

निराहार: योगमायाले कठोर तपस्या गर्दा निराहार विधि अपनाउँथिन्।

वर्णाश्रम: योगमायाले छुवाछूत र वर्णाश्रम जस्ता परम्परागत चलनको विरोध गरिन्।

स्वेच्छिक: उनका अनुयायीहरूले स्वेच्छिक रूपमा अग्निसमाधिको लागि नाम लेखाएका थिए।

यज्ञस्थल: त्यो यज्ञस्थल पूजा र धार्मिक क्रियाकलापका लागि प्रसिद्ध छ।

स्मृति: योगमायाको योगदान हाम्रा स्मृतिमा सदैव जीवित रहनेछ।


४. दिइएका शब्दहरू प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्

योगमायाले आफ्नो जीवनमा धेरै कठिनाइहरूको सामना गरिन्। उनले स्वसिकाइबाट आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाइन्। सामाजिक परिवर्तनका लागि उनले विद्रोह गरिन्। योगमायाका विषयमा लेखिएको उपन्यासका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो। उनी धाराप्रवाह रूपमा बोल्न सक्थिन् र योगसाधना गर्ने महिला थिइन्। उनले निराहार विधिलाई समेत अपनाएकी थिइन् र वर्णाश्रम जस्ता अव्यवहारिक चलनको विरोध गरिन्। अग्निसमाधि लिन उनका भक्तजनहरूले स्वेच्छिक रूपमा नाम लेखाएका थिए। यज्ञस्थललाई पवित्र स्थान मानिन्छ र आज योगमाया हाम्रा स्मृतिमा मात्र रहेकी छिन्।

बोध र अभिव्यक्ति

१. पाठ पढ्नुहोस् र दिइएका प्रश्नहरूको उत्तर दिनुहोस्

क) योगमायाको जीवनी कति अनुच्छेदमा संरचित छ?
योगमायाको जीवनी नौ अनुच्छेदमा संरचित छ।

ख) चौथो अनुच्छेदमा कति वाक्य छन्?
चौथो अनुच्छेदमा २५ वाक्य छन्।

ग) दोस्रो अनुच्छेदमा योगमायाको जीवनी कुन अवस्थामा वर्णन छ?
दोस्रो अनुच्छेदमा योगमायाको जीवनीको बाल्यकाल, वैवाहिक र पारिवारिक अवस्था वर्णन छ।

घ) योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ?
योगमायाको जलसमाधिको सन्दर्भ आठौं अनुच्छेदमा छ।

२. दिइएका वाक्यहरू जीवनको कुन अनुच्छेदमा छन्, पत्ता लगाउनुहोस्

क) चौथो अनुच्छेदमा
ख) तेस्रो अनुच्छेदमा
ग) सातौं अनुच्छेदमा
घ) सातौं अनुच्छेदमा
ङ) नवौं अनुच्छेदमा

३. दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन-कुन घटना भएको हो, भन्नुहोस्

(क) वि.स १९२५: जन्म भएको एक वर्ष पछाडिको समय
(ख) वि.स. १९७३: छोरी नैनकला र भाइका साथ मझुवावेंसी पुग्नु
(ग) वि.स. १९८२: दास प्रथाको अन्त्य भएको घोषणा
(घ) वि.स. १९८८: उफौलीटारको योगमायाको कुटी अरुण खोलाले बगाएको
(ङ) वि.सं. १९९२: आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरी तपस्या गरेकी
(च) वि.सं १९९३: श्री ३ जुद्ध समशेरसँग भेटी आफ्ना माग राखेकी
(छ) वि.सं. १९९५: आफ्ना माग पूरा नगरे आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गर्नु
(ज) वि.सं. १९९७: भोजपुरकै उच्च पहाडी क्षेत्र चायाबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन्
(झ) वि.सं. १९९८: अरुण नदीमा गई जलसमाधि लिइन्

४. घटनाक्रम मिलाएर लेख्नुहोस्

(क) विधवा हुनु र पुनर्विवाह गर्नु
(ख) भागेर माइती जानु
(ग) आसामबाट फर्कनु
(घ) आर्यसमाजी हुनु
(ङ) दीक्षा लिई सन्यासी बन्नु
(च) उफौलीटारमा कुटी बनाउनु
(छ) निराहार, अल्पहार र जलाहार भएर तपस्या गर्नु
(ज) दासप्रथा, सतिप्रथाका विरुद्ध आवाज उठाउनु
(झ) अग्निसमाधिको घोषणा तर असफल
(ञ) जलसमाधिको तयारी र सफलता

५. पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्

क) योगमायाले कुटी बनाएको ठाउँहरूको नाम लेख्नुहोस्।
योगमायाले कुटी बनाएको ठाउँहरू मझुवावेंसी, उफौलीटार, र गौडिनी हुन्।

ख) मानिसहरू योगमायासँग प्रभावित हुनुको कारण के हो?
मानिसहरू योगमायाको साधना, तपस्या, सामाजिक सेवा, र न्यायका लागि उठाएको आवाजबाट प्रभावित थिए। उनी सत्य, अहिंसा, र मानवताको प्रतीक थिइन्। उनका शिक्षाले मानिसहरूलाई जागरूक बनाएको थियो।

ग) योगमायाले किन तपस्या गरेकी हुन्?
योगमायाले साधनाको प्राप्ति र सबै प्रकारका मोहबाट मुक्त हुन तपस्या गरेकी हुन्।

घ) 'उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन्' भन्नुको तात्पर्य के हो?
यसको तात्पर्य हो कि योगमायाले जीवनका सबै प्रकारका लोभ र मोहबाट मुक्त हुन कहिलेकाहीं केही पनि नखाई, कहिले पानी मात्र खाई, कहिले थोरै मात्रै खाई कठोर तपस्या गर्थिन्।

ङ) योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरुप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।
योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले शसस्त्र आन्दोलनको रूप लिन्थ्यो होला। उनका अनुयायीहरू न्याय र समानताका लागि थप कठोर कदम चाल्न प्रेरित हुने सम्भावना थियो।

६. 'योगमाया छुवाछूत रहित ... अविस्मरणीय रहेको छ' जीवनीको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) योगमाया कस्तो समाजको खोजीमा लागिन्?
योगमाया छुवाछूत रहित, शोषण रहित, र भ्रष्टाचार रहित समाजको खोजीमा लागिन्।

ख) तत्कालीन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी विद्रोह गरिन्?
तत्कालीन समाजले उनको विचारलाई अस्वीकार गरेपछि उनले सामूहिक जलसमाधि लिएर विद्रोह गरिन्।

ग) योगमायाको सम्मानमा के कस्ता कामहरू भएका छन्?
योगमायाको सम्मानमा 'सर्वाथ योगवाणी' नामक कृति र अनुसन्धानात्मक कृतिहरू, साथै 'योगमाया' शीर्षकको उपन्यास प्रकाशित भएका छन्।

७. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो?
योगमायाले धर्मका नाममा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, र कुरितीहरूको खुलेर विरोध गर्थिन्। उनले पूजा, आराधना, भजन, प्रसाद वितरणमा सबैलाई समान रूपमा सहभागी गराउने मान्यता राख्थिन्।

ख) पाठसहितका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
योगमायाले सतीप्रथा, छुवाछूत, र अन्य सामाजिक कुरितीहरूको विरुद्धमा आवाज उठाइन्। उनले ध्यान, तपस्या, र सामाजिक व्यवहारमार्फत न्याय र समानताका लागि लडिन्। उनले विभेद रहित समाज निर्माणका लागि अग्निसमाधि र जलसमाधि जस्ता कठोर कदम चालेकी थिइन्।

८. उत्तर दिनुहोस्

क) योगमायाको बाल्यकाल र किशोरावस्था कस्तो रह्यो?
योगमायाको जन्म वि.सं. १९२४ मा भएको थियो। सामाजिक परम्पराअनुसार उनको विवाह ७ वर्षको उमेरमा भयो। विवाहको दुई वर्षपछि पतिको मृत्यु भयो। बाल्यकाल र किशोरावस्थामा उनी शारीरिक र मानसिक यातनाको सिकार भइन्। किशोरावस्थामा समाज र परिवारको तिरस्कार सहेर आसाम पुगेर दोस्रो विवाह गरिन्। दोस्रो पतिको पनि मृत्यु भएपछि उनी वैधव्यको जीवन बिताउन बाध्य भइन्।

ख) योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन्?
पहिलो पतिको मृत्युपछि शारीरिक र मानसिक यातनाको सिकार भएकी योगमाया घर र माइतीबाट उपेक्षित भएर आसाम पुगिन्। त्यहाँ उनी सामाजिक क्रियाकलापमा सहभागी भइन्। पूजा, प्रार्थनामा सक्रियता देखाएर आध्यात्मिक विषयमा आकृष्ट भइन्। यसक्रममा उनले स्वर्गद्वारीमा महाप्रभु अभयानन्द द्वितीयबाट दीक्षा लिएर सन्यासी बनिन्।

ग) योगमायाको साधना र तपस्याको बारेमा उल्लेख गर्नुहोस्।
सन्यासी बनेपछि योगमायाले निराहार, जलाहार, र अल्पहार जस्ता तपस्याका विधिहरू अपनाइन्। अरुण नदीमा आधा शरीर डुबाएर बस्ने, पञ्चाग्नि ताप्ने जस्ता कठोर तपस्याबाट समाज सुधारको इच्छा राखिन्। भोजपुरकै उच्च पहाडी क्षेत्रमा २३ दिनसम्म तपस्या गरेर जीवनका लोभ र मोहबाट मुक्त हुने प्रयास गरिन्।

घ) योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?
योगमायाको अग्निसमाधि हुनुभन्दा एक दिनअघि वडाहाकिम साधव समसेरको नेतृत्वमा आएको फौजले घेरा हाली अग्निमाथि प्रतिबन्ध लगाएको कारण योजना असफल भयो।

ङ) योगमायाको जीवनीबाट पाइने शिक्षा के हो?
योगमायाको जीवनीले जस्तोसुकै कठिन परिस्थितिमा पनि समाज सुधारको लागि संघर्ष गर्नुपर्छ भन्ने शिक्षा दिन्छ। उनले औपचारिक शिक्षा नपाए पनि स्वअनुभव र स्वसिकाइबाट ज्ञान प्राप्त गरी समाज सुधारको कार्य गरेकी थिइन्।

९. व्याख्या गर्नुहोस्

यी तपस्याका विविध ………………… चाहना राख्नु थियो।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट 'योगमाया' नामक जीवनीबाट लिइएको हो। यस जीवनीका लेखक सुधा त्रिपाठी हुन्। प्रस्तुत अंश योगमायाको योगसाधनाको चर्चा गर्ने प्रसङ्गमा आएको हो।

योगमायाले विवाहका परम्परागत प्रथाहरूको विरोध गर्दै, छुवाछूत, शोषण र अन्याय विरुद्ध आवाज उठाइन्। उनले आर्य समाजमा दीक्षा लिई सन्यासी बनिन् र कठोर तपस्या गरेर समाज सुधारको अभियान चलाइन्। समाज सुधारका लागि उनले निराहार, जलाहार, पञ्चाग्नि जस्ता कठोर तपस्याका विविध मोड अपनाइन्।

योगमायाको तपस्या अनेकौं प्रकारका र गहन थिए। उनले निराहार, जलाहार, र पञ्चाग्नि ताप्ने जस्ता तपस्याका विविध विधिहरू अपनाएकी थिइन्। निराहार तपस्यामा उनले कुनै पनि आहार ग्रहण नगरी कठोर तपस्या गरिन्। जलाहार तपस्या गर्दा मात्र पानी पिउने गर्थिन्, जसले उनलाई शारीरिक र मानसिक रूपमा बलियो बनायो। पञ्चाग्नि तपस्या, जसमा चारैतिर आगो बालेर बीचमा बस्नुपर्ने, अत्यन्त कठिन र शारीरिक सहनशीलता आवश्यक पर्ने तपस्या हो। यी तपस्याका विविध पक्षहरूले योगमायालाई आत्मिक र मानसिक रूपमा बलियो बनाए।

योगमायाको तपस्याको मुख्य उद्देश्य आत्मशुद्धि र समाज सुधार थियो। उनले जीवनका सबै प्रकारका लोभ, मोह, र इच्छाहरूबाट मुक्त हुन चाहन्थिन्। तपस्याका माध्यमबाट उनले आफ्नो आत्मालाई शुद्ध बनाइन् र समाजमा भएका विकृतिहरूको अन्त्य गर्न संघर्ष गरिन्। उनका तपस्या र संघर्षहरू समाजमा एक नयाँ चेतना जगाउन सफल भए। योगमायाले छुवाछूत, दासप्रथा, र सतिप्रथाजस्ता सामाजिक कुरितिहरूको विरोध गरिन्। उनका तपस्याका विविध पक्षहरूले समाज सुधारको अभियानमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

योगमायाको तपस्या र समाज सुधारका अभियानहरूले नेपाली समाजमा स्थायी परिवर्तन ल्याउन मद्दत गरेका छन्। उनका जीवनका विविध पक्षहरूले हामीलाई आत्मिक उन्नति, समाज सुधार, र मानवताको महत्त्वपूर्ण पाठ दिन्छन्। योगमायाले समाज सुधारका लागि आफ्नो जीवन अर्पण गरिन्। उनले समानता, न्याय, र मानवताको स्थापनाका लागि निरन्तर संघर्ष गरिन्। यसबाट व्यक्तिगत स्वार्थबाट माथि उठी, राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्नुपर्ने सन्देश पाइन्छ।

१०. सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस्।

योगमाया एक समाज सुधारक थिइन् जसले समाजमा व्याप्त विकृति र विसङ्गतिका विरुद्ध लडिन्। उनले छुवाछूत, दासप्रथा, सतिप्रथाको विरुद्ध आवाज उठाइन्। योगमायाले न्याय र समानताका लागि निराहार, जलाहार, पञ्चाग्नि जस्ता कठोर तपस्या गरिन्। उनका कार्यहरू सत्यनिष्ठा र समतामूलक समाजको स्थापना गर्न प्रेरणादायी छन्।

योगमायाले सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा अतुलनीय योगदान पुर्‍याएकी छन्। उनको जीवन र कार्यले समाजमा विद्यमान छुवाछूत, जातीय भेदभाव, र लैङ्गिक असमानता जस्ता कुरीतिहरूको विरुद्धमा संघर्ष गरेको देखिन्छ। योगमायाले छुवाछूत र अन्यायको विरोध गर्दै सामूहिक जलसमाधि लिएर समाजलाई जागरूक बनाइन्। उनले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणबाट समाज सुधार गर्न आफ्नो जीवन अर्पण गरिन्। उनको तपस्या र संघर्षहरूले मानिसहरूलाई समानता र न्यायका मूल्यहरूको महत्त्व बुझाउन प्रेरित गरेको छ।

योगमायाको योगदान केवल धार्मिक र सामाजिक क्षेत्रमा सीमित थिएन; उनले राजनीतिक क्षेत्रलाई पनि प्रभावित पारिन्। तत्कालीन सामन्ती व्यवस्था र राणा शासनका अन्याय र अत्याचारको विरोध गर्दै, योगमायाले समाजमा चेतना फैलाइन्। उनले दासप्रथा, सतिप्रथा, र जातीय भेदभावका विरुद्धमा आवाज उठाउँदै सामाजिक परिवर्तनका लागि काम गरिन्। उनका विचार र कार्यहरूले समाजमा न्याय र समताको महत्त्वलाई उजागर गर्दै, भविष्यका संघर्षका लागि आधारशिला स्थापना गरिन्। योगमायाले महिलाहरूको अधिकार र स्वतन्त्रताको लागि पनि संघर्ष गरिन्, जसले महिलाहरूलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

योगमायाको जीवन र योगदानले समाज सुधारका क्षेत्रमा एक नयाँ युगको सुरुवात गरेको छ। उनका विचार र कार्यहरूले सत्यनिष्ठा र समतामूलक समाजको परिकल्पनालाई मूर्त रूप दिन महत्वपूर्ण योगदान पुर्‍याएको छ। योगमायाले सामाजिक अन्यायका विरुद्ध निरन्तर संघर्ष गरेर समाजमा समानता र न्यायको स्थापना गर्न ठूलो भूमिका खेलेकी छिन्। उनका तपस्या, संघर्ष र योगदानले नेपाली समाजलाई नयाँ दिशा र दृष्टिकोण प्रदान गरेको छ, जसले आगामी पुस्तालाई पनि प्रेरणा दिनेछ। योगमायाको योगदानलाई सदैव सम्मान र सम्झना गरिनेछ। योगमायाको जीवनले समाज सुधारका लागि कठिनाइहरू सामना गर्नुपर्छ भन्ने पाठ सिकाउँछ।

११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ?
सञ्चार माध्यमका साधनले संसारका कुनाकुनामा तुरुन्तै सम्पर्क गरी घरैमा बसी बसी कुराकानी गर्न, विश्वमा भएका घटनाहरूको समाचार हेर्न र सुन्न सक्ने भएकाले संसारलाई नजिक बनाएको छ।

ख) यन्त्रमानवले मानिसलाई कसरी सघाउँछ?
यन्त्रमानवले मानिसलाई वैज्ञानिक, औद्योगिक, घरायसी आदि विविध क्षेत्रमा मानिसले जस्तै काम गरेर सघाउँछ।

ग) वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ?
वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई घरायसी कामदेखि लिएर कृषि, उद्योग वाणिज्य आदि क्षेत्रमा सुखी, सम्पन्न र सुविधायुक्त बनाएको छ।

घ) 'वैज्ञानिक' र 'अनुसन्धान' शब्दको निर्माण प्रक्रिया देखाउनुहोस्।
वैज्ञानिक: (विज्ञान + इक)
अनुसन्धान: (अनु + सन्धान)

१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

क) सरकारले किन निषेधाज्ञा जारी गरेको छ?
सरकारले महामारीको समय भएकाले निषेधाज्ञा जारी गरेको छ।

ख) जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ?
जयमङ्गलले हदम्यादको कुरै नबुझी सनाखत गरेर हिँड्छ।

ग) माथिको पाठमा 'ऊ' भनेको को होला?
माथिको पाठमा 'ऊ' भनेको जयमङ्गल हो।

घ) शब्दकोशको सहायता लिई माथिका पाठमा आएका गाढा शब्दहरूको अर्थ लेख्नुहोस्।

  • निषेधाज्ञा: कुनै संकटको स्थितिमा मालसमानको आयातनिर्यात वा परिवहनमा प्रतिबन्ध लगाउने सरकारी आदेश
  • इजलास: अदालत, न्यायालय
  • कायलनामा: कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागज, अपराध
  • गैरन्यायिक: न्यायको विपरीत भएको
  • उत्प्रेषण: तल्लो तहको अदालतले गरेका कारबाहीको पुनरावलोकन गर्ने समादेश
  • मुल्तबी: अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको मुद्दा-मामिला
  • जमानी: जमानत गर्ने व्यक्ति
  • हदम्याद: अन्तिम म्याद
  • सनाखत: अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम मैले गरेको हु भन्ने लेखी गरिने सहीछाप
  • पेटबोली: निवेदनपत्र, फिरादपत्र
  • वन्दसवाल: व्यक्तिको वकपत्र
  • सकारनामा: मञ्जुरनामा
  • दरपिठ: अड्डा-अदालतमा दर्न लगाइएका फिराद वा नालिस
  • महामारी: सङ्क्रामक रोगको फैलावट
  • हाजिरजमानी: कुनै अपराधमा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भइ लेखिदिने कागज

व्याकरण

नामयोगी

१. दिइएका वाक्यमा नामयोगी पहिचान गरी लेख्नुहोस्।

  • क) उनीहरूसित बन्दुक छ। (सित)
  • ख) छानामाथि घिरौंला छ। (माथि)
  • ग) रमेश घाटतर्फ लाग्यो। (तर्फ)
  • घ) रुखबाट पात झर्‍यो। (बाट)
  • ङ) ऊवाहेक कोही बोलेलन्। (वाहेक)
  • च) जीवनभरि सुख पाइएन। (भरि)

२. दिइएको जीवनीको अंशबाट दशओटा नामयोगी टिप्नुहोस्।

अनुसार, सम्म, बाट, सँग, पछि, बाहिर, सहित, प्रति, माथि, पट्टि

३. 'योगमाया' पाठबाट दशओटा नामयोगी टिपी वाक्यमा प्रयोग गर्नुहोस्।

  • सम्म: मेरो घरबाट विद्यालयसम्म पुग्न एक घण्टा पैदल हिँड्नुपर्छ।
  • बाट: रुखबाट पात तल खस्यो।
  • सित: रामले पैसा नभएर आफ्नो साथीसित सापट माग्यो।
  • सँग: हामी आफ्नो हकमा लड्दा कोहीसँग पनि डराउनु हुँदैन।
  • वाहेक: सीतावाहेक कोही बोलेनन्।
  • भरि: आज रातभरि पानी पर्यो।
  • तर्फ: हरि साथीको घरतर्फ लाग्यो।
  • माथि: टेबलमाथि किताब छ।
  • सहित: योगमायाले आफ्ना अनुयायीहरू सहित जलसमाधि लिइन्।
  • पछाडि: उसले घर पछाडि बगैंचा बनायो।

क्रियायोगी

१. दिइएका क्रियायोगी पहिचान गरी लेख्नुहोस्।

  • हिजो
  • पारि
  • भर्खर
  • त्यता
  • ढिलो
  • ज्यादै
  • बिस्तारै
  • डराइडराइकन
  • पढ्न

२. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रियायोगी टिप्नुहोस्।

अस्ति, निकै, ढिलो, घर, गल्लीमा, यत्रतत्र, राति, अबेर, लडखडाउँदै, त्यहाँ, ज्यादै, राम्ररी

३. पाठमा प्रयुक्त दसओटा क्रियायोगी टिपी वाक्यमा प्रयोग गर्नुहोस्।

  • घरमै: योगमाया शारीरिक र मानसिक यातना सहँदै १४ वर्षसम्म घरमै बसिन्।
  • माइत: सासू र नन्दको यातना सहन नसकेपछि योगमाया माइत गएकी थिइन्।
  • पलाउन: योगमायामा बिस्तारै विद्रोहको चेतना पलाउन थाल्यो।
  • पुगेर: योगमाया आसाम पुगेर एक्लो महसुस गरिन्।
  • फर्काउन: योगमायालाई आफ्नै घर फर्काउन प्रयत्न गरियो।
  • नपाउँदै: योगमाया पति भनेर चिन्न नपाउँदै विधवा भइन्।
  • गर्न: योगमायाले नयाँ समाजको निर्माण गर्न धेरै तपस्या गरेकी थिइन्।
  • खुलेरै: चन्द्र शमशेरको दासप्रथा उन्मूलनको घोषणालाई योगमायाले खुलेरै प्रशंसा गरिन्।
  • बिस्तारै: योगमायाले बिस्तारै विद्रोहको आवाज उठाउन थालिन्।
  • जमिनमा: उफ्रौलिटारमा रहेको फराकिलो जमिनमा योगमाया सरिन्।

संयोजक

१. दिइएका वाक्य पढी संयोजक पहिचान गर्नुहोस्।

  • क)
  • ख) तापनि
  • ग) एवं
  • घ) वा
  • ङ) अनि
  • च) तर

२. 'योगमाया' पाठबाट दशओटा संयोजक टिपोट गर्नुहोस्।

र, तथा, त्यसैले, तर, भन्ने, पनि, भनि, तथापि, अनि, जहाँ-त्यहीँ

३. दिइएका संयोजक राखी वाक्य बनाउनुहोस्।

  • नत्र: तिमी पढ्न जानेभए जाऊ नत्र म बुबालाई भनिदिन्छु।
  • किन्तु: देश विकासका लागि असल नेता हुनुपर्छ किन्तु देशमा असल नेताको अभाव देखिन्छ।
  • यद्यपि: यद्यपि मेरो घर घोराही होइन, तर म त्यहीँ बस्ने गर्छु।
  • पनि: म पनि तिमीसँग खेल्न जान्छु।
  • किनभने: राम आज पढ्न गएको छैन किनभने ऊ बिरामी छ।
  • कि…कि: कि काम गर कि राम्रोसँग पढ।
  • तथापि: राम विदेश जान्छु भन्थ्यो तथापि व्यवसाय गरेर बसेछ।
  • न….न: न तिमी राम्रोसँग पढ्छौ न व्यवसाय गर्छौ।
  • भने: पढेर जागिर नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो।

४. किन्तु, त्यसैले, जब…तब, किनभने, जहाँ…त्यहाँ प्रयोग गरी आफ्ना परिवारका बारेमा एक अनुच्छेद लेख्नुहोस्।

म परिवारको पहिलो सदस्य हुँ किन्तु मैले पारिवारिक दायित्व अझै पनि बोध गर्न सकेको छैन। मेरो बुबा जागिरे हुनुहुन्छ त्यसैले मलाई आर्थिक समस्या पनि परेको छैन। जब बाबा अफिसबाट घर फर्किनुहुन्छ तब सधैं फलफूल किनेर ल्याउनुहुन्छ। हामी शनिबार घुम्न जान्छौं किनभने बाबाको अफिस छुट्टी हुन्छ। हामी जहाँ घुम्न जान्छौं त्यहाँ मैले कुनै न कुनै सामान किनेकै हुन्छु।

विस्मयादिबोधक

१. दिइएका वाक्य पढी विस्मयादिबोधक पहिचान गर्नुहोस्।

  • क) आहा!
  • ख) हरे!
  • ग) छ्या!
  • घ) आत्था!
  • ङ) स्याबास!

२. दिइएका खाली ठाउँमा मिल्ने विस्मयादिबोधक राखी वाक्य पूरा गर्नुहोस्।

  • क) उफ्! कस्तो गर्मी।
  • ख) धिक्कार! तिम्रो यो जिन्दगीलाई।
  • ग) आहा! कति सुन्दर अक्षर।
  • घ) आत्थु! कति चिसो हावा।
  • ङ) छि:! कस्तो दुर्गन्धित कोठा।

३. दिइएका विस्मयादिबोधक राखी वाक्य बनाउनुहोस्।

  • क) आम्मा! धन्नै लडेको।
  • ख) स्याबास! तिमीले राम्रो काम गर्यौ।
  • ग) आब्बुइ! कति ठूलो सर्प।
  • घ) छिछी! कति फोहोर कोठा।
  • ङ) ऐया! कस्तो पेट दुख्यो।

निपात

१. दिइएका वाक्य पढी निपात पहिचान गर्नुहोस्।

  • क) पो
  • ख)
  • ग) रे
  • घ) लौ
  • ङ) क्यार

२. दिइएको खाली ठाउँमा मिल्ने निपात राखी वाक्य पूरा गर्नुहोस्।

  • क) खै, मलाई केही थाहा छैन।
  • ख) ल, आजलाई बिदा।
  • ग) ऊ त आजै आउँछ।
  • घ) ऊ डाक्टर नै हुन चाहन्छ।
  • ङ) तँलाई पो केही चाहिँदैन।
  • च) तिमी पनि हिजो आयौ र?
  • छ) उनीहरू सहरमै बस्छन् रे।

३. दिइएका निपातहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्।

  • रे: तिम्रो त आजकल अनलाइनबाट पढाई हुन्छ रे।
  • क्यारे: भाइ त आज खेल्न जान्न क्यारे।
  • है: नानू चाडै घर जाऊ है।
  • अरे: श्याम त विदेश गयो अरे।
  • नि: म पनि तिमीसँग जान्छु नि।
  • पो: तिमीलाई पो केही चाहिदैन।
  • ज्यादै: आज म ज्यादै खुशी छु।
  • ला: ला, भात बसाएर बाहिर गएको भित्र भात त डढेछ।
  • खै: खै, मैले राखेको सामान कता छ?

पदवर्गसम्बन्धि थप अभ्यास

१. रेखाङ्कन गरिएका पदहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस्।

क)

  • स्याबास: विस्मयादिबोधक
  • नै: निपात
  • भन्ने: संयोजक
  • विश्वास: नाम
  • त्यो: विशेषण
  • झलझली: क्रियायोगी

ख)

  • तिर: नामयोगी
  • फर्केर: क्रियायोगी
  • सक्छ: क्रियापद
  • अरुहरू: सर्वनाम
  • अनौठो: विशेषण
  • र: निपात

ग)

  • प्रचुर: विशेषण
  • तापनि: संयोजक
  • यिन: सर्वनाम
  • सम्म: नामयोगी
  • राम्ररी: क्रियायोगी
  • शङ्का: नाम

घ)

  • गरिबको: विशेषण
  • माथि: क्रियायोगी
  • सुन्दर: विशेषण
  • किनभने: संयोजक
  • सँग: नामयोगी

ङ)

  • वाटाभरि: क्रियायोगी
  • सामल: नाम
  • अनि: संयोजक
  • आइपुगेर: क्रियायोगी
  • हामी: सर्वनाम
  • कहाँ: क्रियायोगी
  • भाग्यो: क्रियापद

च)

  • अग्ला: विशेषण
  • कलकल: क्रियायोगी
  • सँग: नामयोगी
  • सबै: विशेषण
  • पर्यटक: नाम
  • स्वागत: नाम
  • र: निपात

छ)

  • अरु: सर्वनाम
  • सर्वथा: क्रियायोगी
  • हुन्छ: क्रियापद
  • तर: संयोजक
  • पूर्वक: नामयोगी
  • यो: विशेषण
  • यिनी: सर्वनाम

ज)

  • आहा: विस्मयादिबोधक
  • यहाँ: सर्वनाम
  • असाध्यै: क्रियायोगी
  • सुनाउनुभयो: क्रियापद
  • भनेर: संयोजक
  • उन: सर्वनाम

रुपायन

२. दिइएको अनुच्छेदलाई स्त्रीलिङ्गमा परिवर्तन गर्नुहोस्।

भान्जी बजार गइन्। उनले त्यहाँ साथीहरूलाई भेटिन्। साथीहरूसँग धेरै बेर कुराकानी गरिन्। कुराकानीकै क्रममा उनले समय बितेको पत्तै पाइएन। उनी हतार हतार किनमेल गरेर घर फर्किन्।

३. दिइएको अनुच्छेदलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस्।

उनीहरू समयमै विद्यालय पुगे। विद्यालयमा पुगेर उनले सबै सामानको निरीक्षण गरे। त्यसपछि शिक्षकको निर्देशनअनुसार उनीहरूले परियोजना कार्य गर्न थाले। यस क्रममा उनीहरूले नयाँ नयाँ वैज्ञानिक तथ्यहरू फेला पारे।

निष्कर्ष

योगमाया एक अद्वितीय समाज सुधारक थिइन्। उनका विचार, तपस्या, र समाजसेवाले नेपाली समाजमा ठूलो प्रभाव पारेको छ। उनले समानता, न्याय, र मानवताका लागि जस्तो संघर्ष गरे, त्यसले उनलाई सदा स्मरणीय बनाएको छ। योगमायाको योगदानले हाम्रो समाजमा स्थायी परिवर्तन ल्याउन मद्दत गरेको छ र उनले देखाएको बाटोले आगामी पुस्तालाई पनि प्रेरित गर्नेछ।



Solution for: Yogmaya Yogmaya exercise Yogmaya summary in Nepali Yogmaya exercise pdf Yogmaya nepali biography explanation Yogmaya note Yogmaya biography summary Yogmaya jiwani ko mul bhab Yogmaya in nepali Yogmaya explanation Yogmaya ko mul bhab


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.