पाठ : एक “नेपालै नरहे”- माधव घिमिरे

पाठ : एक “नेपालै नरहे”- माधव घिमिरे

कविताको मूलभाव

माधव घिमिरे
 राष्ट्रकवि माधव घिमिरे (वि. स. १९७६) नेपाली स्वच्छन्दतावादी भाव धारका कवि हुन् | उनले गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, धर्तीमाता, पापिनी आमा जस्ता काव्यहरू र किन्नर किन्नरी लगायतका प्रशस्त फुटकर कविताको रचना गरेका छन् |

 प्रस्तुत नेपालै नरहे गीतको विषयवस्तु नेपालको सेरोफेरोमा रहेको छ | यस गीतमा नेपली प्रकृति, सस्कृति,चाडपर्व आदिलाई मूख्य विषयवस्तु बनाइएको पाइन्छ|कविले नेपाल नरहे नेपाली नरहने र हिमाल नरहे उचाईनचुलिनेभन्ने राष्ट्रवादी भाव यस गीत मार्फत प्रस्तुत गरेका छन् | तराई अन्नको भण्डार भएकाले सुनको टुक्रासँग तुलना गरिएको र हिमाल सुन्दर पर्यटकीय आकर्षकको केन्द्र भएकाले हिराको टुक्रासँग तुलना गरी नेपालको वर्णन गरिएको पाइन्छ| कविलेधर्तीमा जन्मिएका प्रत्येक व्यक्ति(किसान)को पहिलो धन माटो र पानी हो भन्नेकुरालाईस्पष्ट पारेका छन्| नेपालमा रहेका अनेकौं चाडपर्व, मेलापातर पाखा पखेरामा बझाइने झ्याली मादल जस्ता लोक वाद्यवादनलाई यस गीतमा महत्वपूर्ण स्थान दिइएको छ | पुर्खाको गौरव र इतिहास हाम्रा अगाडि खडा छन् | देश विकास गर्न पूर्वको  उज्यालोले प्रेरणा दिन्छा साथै उज्यालोको पहिलो झुल्कोसंगै बिउझिएर सत्कर्म गर्नका लागि प्रेरितहुनुपर्छ भन्ने कुरालाई उल्लेख गरिएको पाइन्छ |

कवि घिमिरेले यस गीता मार्फत सम्पूर्ण नेपालीहरुलाई आफ्नो देश नेपालको सुरक्षा गर्दै देशको विकासमालाग्नु पर्छ र देशमा रहेका चाडपर्वसँग रमाउदै हाम्रा पुर्खाले गरेका कार्यहरुलाई उचित सम्मान गर्दै नेपाली भूमिमा नेपाली भएर प्रगति गर्दै रमाउनु पर्छ भन्ने कुरालाई स्प्रष्ट परेका छन् |

By Manish Pokharel ( M. Ed in Nepali)
Categories:

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.